|

काठमाडौं : चर्चित गायिका एवं संचारकर्मी कोमल वली राप्रपा प्रवेश गरेकी छन्। काठमाडौंमा सोमबार भएको राप्रपा एकता समारोहमा उनी पार्टी प्रवेश गरेकी हुन्।

उनलाई राप्रपाका कार्यकारी अध्यक्ष कमल थापाले आफ्नो मन्तव्यकै क्रममा पार्टी प्रवेशका लागि निम्ता गरे। त्यसपछि थापा, राष्ट्रिय अध्यक्ष पशुपति सम्सेर राणा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र नेता डा. प्रकाशचन्द्र लोहनीले माला लगाएर स्वागत गरेका थिए। 

पार्टीबाट देश र जनताको सेवामा लाग्न राप्रपामा आवद्ध भएको गायिका वलीले थाहाखबरलाई बताइन्।

गायिका वली दाङ जिल्लाकी हुन्। उनका दाजुसहित परिवारका अधिकांश सदस्य यसअघि नै राप्रपामा क्रियाशील थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.