मुगु : जिल्लाको चार स्थानीय तहमध्ये उच्च पहाडी क्षेत्रमा अवस्थित मुगमकार्मारोङ्ग गाउँपालिकामा हिमपातले गर्दा विकास निर्माणकाे काम प्रभावित बनेको छ। मुगु,डोल्फू, चितै, किम्री, ताखा, खारीलगायत बस्तीमा हिउँले ढाकेपछि गाउँपालिका गैसस र अन्य निकायबाट संचालन हुने विकास निर्माणका काम अवरुद्ध भएका छन्। बाक्लो हिउँले जमिन नछोड्दासम्म बाटो, खानेपानी, मठमन्दिर निर्माण, भवननिर्माण, पुललगायत योजना संचालन गर्न कठिनाइ भएको छ।
भारी हिमपातका कारण निर्माणकार्य अवरुद्ध भएको गाउँपालिका प्रमुख छिरिङक्याप्ने लामाले बताए । माथिल्लो बस्ती मुगु, चितै, डोल्फू,किम्री गाउँ बस्तीमा फागुन अन्तिमसम्म पनि विकास निर्माण अघि बढाउन मुस्किल हुने उनको भनाइ छ। हिउँले असर नगर्ने तल्लो बस्ती छाइल, माग्री, पापु लगायत स्थानमा विकास निर्माणका काम भइरहेको र माथिल्ला बस्तीमा हिउँले रोकिएको सब इन्जिनियर सरोज केसीले जानकारी गराए।
गत वर्षको तुलनामा यो वर्ष ठूला योजना ४५ वटा मात्र रहेको टुक्रे योजना नभएको इन्जिनियरको भनाइ छ। गाउँपालिकाको वर्ष निर्माणमा खर्च हुने पुँजीगत बजेट ९ करोड भए पनिअहिले सम्मखर्च हुन सकेको छैन ।गाउ“पालिकाको सबै भन्दामाथिल्लो बस्ती मुगु गाउँका स्थानीय हिउँ छल्न मंसिरमै तराइ र खाेंचतिर झरेपछि गाउँतिर नउक्लिँदासम्म कुनै पनि वर्ष निर्माणका काम संचालन गर्ने अवस्था छैन तातो लागेपछि चैत/वैशाख महिनामा स्थानीय गाउँतिर उक्लिएपछि बल्ल वर्ष निर्माणको काम सुरुवात हुने गरेका छन् हिमपातले गर्दा मुगमकार्मारोङ्ग गाउँपालिकाको किम्री गाउँका १९ घरपरिवार आगलागी पीडितको घर पुन: निर्माण कार्यसमेत रोकिएको छ।
मानवअधिकार तथा वातावरण वर्ष केन्द्रले घर निर्माण कार्य सुरु गरेको भए पनि हिउँले गर्दा काम अबरुद्ध बनेको छ। हिमपातले गर्दा करिव एक महिना आगलागी पीडित परिवारको घर बनाउने काम रोकिएको संस्थाका कार्य प्रबन्धक नवराज रावतले भने अब केही दिनभित्रै काम सुरु हुन्छ।
चिसाले विद्यालय बन्द
मुगुमकामराेंगं गाउँपालिका मा रहेका विद्यालय चिसोले बन्द भएका छन् । चिसोका कारण त्यस क्षेत्रका विद्यालय वर्षदिनमा दुई महिना बन्द हुने गदर्छन्। हिउँदको समयमा मुगुम कार्मारोङ्ग गाउँपालिका अत्याधिक हिमपात हुनेर चिसाले जनजीवन प्रभावित हुने भएकाले त्यस क्षेत्रका विद्यालयमा रहेका विद्यालयमा हिउँदे बिदा दिइएको छ।
छाँयानाथ रारा नगरपालिका, खत्याड र सोरु गाउँपालिकाका सबै विद्यालयमा वर्षबिदा हुने गरे पनि मुगुमकामरोगं गाउँपालिकामा अत्याधिक चिसोका कारण हिउँदे बिदा हुने गरेको जिल्ला शिक्षा समन्वय इकाईले बताएको छ। चिसोका कारण त्यस क्षेत्रका विद्यालयमा पुस १५ गतेदेखि फागुन १५ गतेसम्म विद्यालय बन्द हुने गरेका मुगुमकामरोगं गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत सुवास रावलले जनाएकारी दिए। उनका अनुसार मुगुुमकामरोगं गाउँपालिका रहेका विद्यालयमा माथिल्लो क्षेत्रमा हिउँदे बिदा भएको भएपनि तल्लो क्षेत्रमा रहेका विद्यालय लाई सञ्चालनमा रहेका बताए। तल्लो क्षेत्र बुद्ध मावि माग्री र छायलको विद्यालयमा वर्षेबिदा हुने गरेका छन्।
बन्द भएका विद्यालयमा फागुन १५ गते पछि मात्र पठन पाठन सुचारु गरिने बताइएको छ। त्यस क्षेत्रमा १७ सामुदायिक र १ संस्थागत गरी १८ विद्यालय रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।