|

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी बराबरीमा रोकिएको छ। बुधबार राति भएको खेलमा जर्मनी सर्वियासँग १-१ को बराबरीमा रोकिएको हो। 

जर्मनीको घरेलु मैदानमा भएको खेलमा खेलको १२ औं मिनेट सर्वियाका लागि लुका जोभिकले हेडमार्फ गोल गर्दै पाहुना टोलीलाई १-० को अग्रता दिलाए। पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफको ६९औं मिनेटमा लियोन गोरेट्काले गोल गर्दै घरेलु टोलीलाई १-१ को बराबरीमा ल्याए। त्यसपछि कुनै टोलीबाट गोल भएन र खेल १-१ को बराबरीमा सकियो। 

यद्यपि दुवै टोलीले केहि गोल गर्ने सुन्दर मौका खेर फलेका थिए।  खेलको अन्त्यतिर सर्विया १० खेलाडीमा सीमित बनेको थियो। इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा सर्वियाका मिलान पाभकोभ रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए। त्यस्तै बुधबारै भएको अर्को  मैत्रीपूर्ण खेलमा वेल्सले अफ्रिकन फुटबल टोली ट्रिनिडाड एन्ड टोबागोलाई १–० ले स्तब्ध पार्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.