|

काठमाडौं : निर्वाचन आयोग आइतबारदेखि नेतृत्वविहीन हुँदैछ। प्रमुख आयुक्त डाक्टर अयोधीप्रसाद यादव ६ वर्षे पदावधि सकिएर विदा हुने भएपछि आयोग नेतृत्वविहीन हुन लागेको हो। आयुक्त इला शर्मा पनि यादवसँगै विदा हुनेछिन्।

यादव र शर्मालाई आज आयोगमा एक कार्यक्रममा साथ विदाइ गरिने आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए। २०६३ सालमा आयुक्तको रूपमा आयोग प्रवेश गरेका यादव २०६९ सालमा दोस्रो कार्यकालका लागि प्रमुख आयुक्त बनेका थिए।

तत्कालीन नेकपा माओवादीको सिफारिसमा आयुक्त बनेका  उनी माओवादीकै समर्थनमा प्रमुख आयुक्त भएका थिए। वरिष्ठताका आधारमा नरेन्द्र दाहाल अब प्रमुख आयुक्तको दाबेदार रहेको प्रवक्ता खरेलले बताउनुभयो। निर्वाचन आयोगको प्रमुख आयुक्तको पदावधि ६ वर्षको हुने व्यवस्था छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.