|

पर्सा :  सामाजिक विषयको आजको एसइई परीक्षा स्थगित भयपछि आक्रोशित विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका छन्। प्रदर्शनमा उत्रिएका आक्रोशित विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्।

बुधवार अनिवार्य विज्ञान र बिहीबार सामाजिक विषयको परीक्षा स्थगन भएको विरोधमा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्। परीक्षा स्थगित भएको विरोधमा परीक्षार्थी जनकपुरधामको पिडारी चोक, भानु चोक, रामानन्द चोक लगायतका स्थानमा टायर बालेर प्रदर्शनमा उत्रिएका हुन्।

विद्यार्थीहरू सडकमा टायर बालेर प्रदेश तथा संघीय सरकार विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्। नियोजित रूपमा प्रश्नपत्र 'आउट' गरेर परीक्षा रद्द गरी परीक्षार्थीलाई दुःख दिएको भन्दै उनीहरूमा प्रदर्शनमा उत्रिएका हुन्। बुधवार सप्तरीबाट अनिवार्य विज्ञान विषयमा प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.