|

पोखरा : बतास अर्गनाइजेशनका सञ्चालक बीपेन्द्रराज बतासविरुद्ध समाचार लेखेको आधारमा पोखराबाट प्रकाशित हुँदै आएको ताण्डव न्यूज साप्ताहिक र ताण्डव न्यूजका सम्पादक अर्जुन गिरीलाई पक्राउ गरिएको छ । साइबर अपराध मुद्दामा पक्राउ गरी काठमाडौं पठाउने निर्देशन अनुसार पक्राउ गरी पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए। ‘सिआइबीले पक्राउ गरेर पठायाे,’ उनले भने, ‘के उजुरी परेको हो। हामीलाई थाहा छैन मुद्दा केन्द्रले नै हेर्छ।’ गिरीले गत चैत २२ गते शुक्रबार ठग बिपेन्द्रराज बतास शीर्षकमा ताण्डव न्यूजमा समाचार लेखेका थिए।

पोखराका ब्यवसायीहरू जनकराज पहारी र मनोज श्रेष्ठ जिप्रका कास्कीमा जाहेरी दिन पुगेको बेला उनीहरू दुबैलाई उदृत गर्दै गिरीले समाचार लेखेका थिए। प्रहरीकोमा जाहेरी दिएका पहारीले २ करोड २५ लाख र मनोज श्रेष्ठले  २ करोड ९८ लाख ठगी गरेको दाबी पेस गरेका छन्। गिरीलाई सोमबार जिप्रका कास्कीको टोलीसँगै काठमाडौँ पठाइएको छ। यता नेपाल पत्रकार महासंघ कास्की शाखाले समाचार लेखेकै आधारमा ताण्डव न्यूज साप्ताहिक तथा ताण्डव न्यूज डटकम पोखराका सम्पादक अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेको घटनामा नेपाल पत्रकार महासंघ कास्कीले ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा ताण्डव न्यूज साप्ताहिकका सम्पादक अर्जुन गिरीमाथि विपिन बतास (ठगि प्रकरण) समाचार प्रकरणमा साइबर क्राइमअन्तर्गत मुद्दा दर्ता गरि जिप्रका कास्कीद्वारा पक्राउ गरि काठमाडाैं पठाइएको घटनाको महासंघ कास्कीले आपत्ति जनाएको उल्लेख गरेका छन्। 

‘समाचारको विषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने र आवश्यक परे कारवाहि गर्ने प्राबधान हुदाहुदै पत्रकारमाथि साइबर क्राइमको मुद्दा दायर गरि कारबाही गर्ने प्रवृत्तिको महासंघ कास्की खेद प्रकट गरेको छ’ अध्यक्ष श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। गिरी पोखरा रहेर क्राइम न्यूज लेख्ने गर्छन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.