|

काठमाडौं : नेपाललाई ‘साक्षर नेपाल’ घोषणा गर्ने उद्देश्यले सरकार साक्षर जिल्ला घोषणा गर्ने काममा लगातार लागिरहेको छ। शिक्षामन्त्री गिरिराजमणि पाेखरेले  विभिन्न जिल्लामा गएर जिल्ला घोषणा गरिरहेका छन्।

साक्षरता कार्यक्रमका लागि सरकारले ५ अर्बभन्दा बढी रुपैयाँ खर्च गरिसकेको छ तर अहिले सम्म पनि सबै नेपाली नागरिकलाई पूर्ण रुपमा साक्षर बनाउन भने सकेको छैन्।

२०६७ सालदेखि थालिएकाे अभियानमा हालसम्म  ४८ जिल्लालाई साक्षर जिल्लाका रुपमा घाेषणा गरिएकाे शिक्षाा विभाग मानस्राेत विकास केन्द्रका प्रवक्ता तथा सहसचिव दिपक शर्मा बताउँछन्। अबकाे दुई वर्षमा ७७ वटै जिल्लालाई साक्षर बनाउने लक्ष्यका साथ विभाग लागिपरेकाे बताउँदै उनले भने, 'बाँकी २९ जिल्लाका लागि साक्षर घोषणा गर्न विभाग लागिपरेकाे छ, अबको एक वर्षभित्रै सबै जिल्लालाई साक्षर बनाउछाैं।' 

१५ वर्ष र सोभन्दा माथिका सबै नेपाली नागरिकलाई साक्षर बनाउँदै  उनीहरुकाे सिकाईको आधार तयार गर्ने सरकारको मुख्य उद्देश्य छ।

साक्षर घोषणा जिल्ला

हालसम्म ४८ जिल्लाहरुलाई साक्षर जिल्ला घोषणा गरिएको छ। सिन्धुपाल्चोक, ललितपुर, धादिङ, पाल्पा, अर्घाखाँची, मुस्ताङ, स्याङजा, चितवन, सुर्खेत, गुल्मी, प्युठान, दाङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम जिल्लामा पूर्ण रुपमा साक्षर घोषणा भएको छ। त्यस्तै रुपन्देही, कास्की, तनँहु, लमजुङ, पाँचथर, नुवाकोट, भक्तपुर, रोल्पा, सल्यान, दार्चुला, जाजरकोट, बर्दिया, रुकुम, रुकुम पूर्व पनि साक्षर घोषित जिल्ला हुन्।

शिक्षाा विभागमकाअनुसार झापा, बाग्लुङ, दोलखा, मकवानपुर, रामेछाप, धनकुटा, ओखलढुङ्गा, दैलेख, मनाङ, सिन्धुली, इलाम, गोरखा, म्याग्दी, पर्वत, रसुवा, खोटाङ, सुनसरी, तेह्रथुम, भोजपुर र डडेलधुरा जिल्ला पनि साक्षर जिल्ला घोषित भइसकेका छन्।

बाँकी जिल्ला

ताप्लेजुङ, संखुवासभा, मोरङ, सोलुखुम्बु, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, काभ्रेपलाञ्चोक, काठमाडौं, कपिलवस्तु, बाँके, हुम्ला, मुगु, डोल्पा, कालिकोट, जुम्ला, बाजुरा, बझाङ, अछाम, डोटी, कैलाली, बैतडी, कञ्चनपुर जिल्ला साक्षर घोषणा हुन बाँकी रहेको विभागकाे तथ्यांक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.