|
माधव पौडेलबारे जानकारी गराउँदै महासचिव विष्णु पौडेल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले ७०औँ स्थापना दिवस मनाएको छ। एकता दिवस मनाइरहँदा वरिष्ठ नेता माधवकुमार नेपालले बीचैमा कार्यक्रमस्थल छोड्दा बहसको विषय बन्यो।

सोमबार कमलादीस्थित प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रममा तत्कालिन एमाले र माओवादी केन्द्रबीच जिल्ला तहमा एकता भएको घोषणा गरियो। केन्द्रीय सचिवायलयमा सर्वसम्मतले एकताको प्रक्रिया पूरा भएको महासचिव विष्णु पौडेलले जानकारी दिएका थिए।

महासचिवको घोषणा लगत्तै जिल्लाका अध्यक्ष र सचिवको सूची सचिवालय सदस्यहरूलाई वितरण गरिएको थियो। उक्त पत्र हातमा परेलगत्तै वरिष्ठ नेता नेपाल भने बाहिरिए। नेता नेपालले कार्यक्रम स्थल छोड्दा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोलिरहेका थिए। उनले एकता र सरकारले गरेका काम तथा नेकपाको इतिहासबारे सम्बोधनमा भनाइ राखिरहेका थिए।

आफ्नो मन्तव्य सकिएपछि प्रचण्ड सोफामा बसे। बोल्ने पालो आयो अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको। ओलीले मन्तव्य दिइरहेको केही समय भएको थियो प्रचण्डले दाहिनेतिर हेरेका थिए। त्यहाँ नेता नेपाललाई नदेखेपछि विष्णु पौडेललाई सोधे, 'माधव कामरेड खोइ?'

विष्णु पौडेल प्रचण्डको काननजिक गए। उनले प्रचण्डलाई नेता नेपाल कहाँ गएको भनेर कानेखुसीमा जानकारी दिएका थिए।

थप पढ्नुहोस् :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.