इंग्लिस क्लब चेल्सी प्रिमियर लिग फुटबलमा बर्नलीसँग बराबरीमा रोकिएको छ। प्रिमियर लिग अन्तरगत सोमबार राति भएको खेलमा शीर्ष चारको दाबेदार चेल्सी घरेलु मैदानमा बर्नलीसँग २–२ गोलको बराबरीमा रोकिएको हो।
बराबरीसँगै चेल्सीले तेस्रो स्थानमा उक्लने मौका समेत गुमायो। चेल्सीको ३५ खेलबाट ६७ अंक भएको छ। एक खेल कम खेलेको टोटेनहमको पनि समान ६७ अंक रहेको छ। प्रिमियर लिगमा केही खेल बाँकी रहँदा शीर्ष चारका लागि टोटेनहम, चेल्सी, आर्सनल र म्यानचेस्टर युनाइटेडबीच तीव्र प्रतिस्पर्धा छ। चेल्सीबाहेक अन्य तीन टोलीले चार खेल खेल्न बाँकी छ। लिभरपुल र म्यानचेस्टर सिटी शीर्ष दुईमा छ।
खेलको आठौँ मिनेटमा जेफ हेन्डरिकले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। १२औं मिनेटमा इडेन हजार्डको पासमा एङ्गोलो कान्टेले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसको दुई मिनेट पछि नै गोन्जलो हिगुआइनले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए। तर, २४औं मिनेटमा एस्ले बार्नेसले गोल गरेपछि पहिलो हाफमा २–२ गोलको बराबरीमा सकिएको थियो।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले ६७ प्रतिशत बल पोजेसन राखे पनि जित निकाल्न सकेन। चेल्सीले दोस्रो हाफमा बर्नलीको बलियो रक्षापङ्क्ति तोड्न सकेन। चेल्सीलाई बराबरीमा रोकेको बर्नलीको ४० अंक जोडेर १५औँ स्थानमा छ
तपाईंको ईमेल गोप्य राखिनेछ ।