|

जुम्ला : पातारासी गाउँपालिकामा विद्यार्थीलाई यार्सा संकलनमा रोक लगाइएको छ। गाउँपालिकाले विद्यार्थीलाई यार्सा संकलनका लागि पाटन नपठाउन अभिभावकलाई अनुरोध घरदैलो अभियान सञ्चालन गरेको छ।  

पाटनमा यार्सा संकलन गर्न जाँदा विद्यालयको पठनपाठन प्रभावित हुने गरेकाले यसपटक यार्सा टिप्न पाटन जान विद्यार्थीलाई रोक लगाउन शैक्षिक अभियान सञ्चालन गरेको गाउँपालिका अध्यक्ष लछिमन बोहराले बताए। 

विद्यार्थी यार्सा टिप्न जाँदा दुई महिना विद्यालय बन्द हुने गरेका छन्। यहाँको शैक्षिक अवस्था सुधार गर्न विद्यालयमा पढ्ने बालबालिकालाई पाटन लैजाने चलनमा रोक लगाएको गाउँपालिकाले जनाएको छ। यार्सा संकलन गरिने यो समयमा बालबालिका समेत लिएर अभिभावक पाटन जाने गर्छन्। त्यसका कारण यहाँका विद्यालय खाली र शिक्षक बेकामे बन्ने गरेका छन्।

 गाउँपालिकाले गंगा मावि पेरे, सरस्वति मावि रिनी, मालिका मावि लौठचौर र ऋणमोक्ष मावि डिल्लीचौरमा शैक्षिक अभियान चलाएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.