|

काठमाडौँ :  गृहमन्त्री नआएपछि संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । आइतवार दुई पटकसम्म समय सार्दा पनि गृहमन्त्री रामबहादुर थापा अनुपस्थित भएपछि समितिको बैठक स्थगित भएको हो ।

बैठकमा सहभागी हुन गृहसचिव प्रेमकुमार राई आए पनि सांसदहरुले गृहमन्त्री उपस्थित हुनै पनि बताएका थिए । मध्यान्ह १२ बजेका लागि डाकिएको बैठक गृहमन्त्री नआएपछि दिउँसो २ बजेका लागि सारिएको थियो । तर २ बजे पनि गृहमन्त्री उपस्थित भएनन् । 

समितिको आजको बैठकमा बारा र पर्सामा चैत १७ गते आएको भुमरीबाट भएको क्षतिका स्थलगत प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम थियो । समिति सभापति शशी श्रेष्ठ र सदस्यहरुसहितले भुमरीले पु¥याएको क्षतिबारे स्थलगत प्रतिवेदन बनाएका थिए । 

गृहमन्त्री नआए पनि समितिका सदस्यहरुलाई प्रतिवेदन बाँडिएको छ । गृहमन्त्री अनुपस्थित भएपछि आएका गृहसचिव राईलाई समितिले फिर्ता पठाइदिएको छ।

समितिका सदस्यहरुले गृहमन्त्री नआइ बैठक बस्न नसक्ने अडान राखेका थिए । सदस्यहरुको अडानपछि सभापति श्रेष्ठले गृहमन्त्री आएपछि बस्ने भन्दै बैठक स्थगित गरिन् । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.