|

चितवन : भरतपुर गोल्डकपको सेमिफाइनल चरणका खेल बुधबारदेखि सुरु हुँदैछ। पहिलो सेमिफाइनलमा आज घरेलु टिम चितवन–११ र संकटा क्लब आमनेसामने हुनेछन्। खेल अपराह्न ४ बजेपछि हुने आयोजकले जनाएको छ।

चितवन–११ पहिलो क्वार्टरफाइनलमा आर्मीलाई ट्राइब्रेकरमा ६–७ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो। संकटाले पनि जावलाखेल युथ क्लबलाई ट्राइबे्रकरमा ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

प्रतियोगितको सेमिफाइनलमा चितवन र संकटा क्लबसहित एपिएफ र झापा ११ प्रवेश गरेका छन्। झापा–११ च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। यस्तै, एपिएफ वीरगंज युनाइटेडलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।

नारायणगढको क्याम्पाचौरमा वैशाख २४ गतेदेखि जारी प्रतियोगिता आगामी जेठ ४ सम्म सञ्चालन हुनेछ। ए जे इन्टरनेसनल प्रालिले आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउने छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.