गणपूरक संख्या नभए पनि प्रदेशसभा संचालन!

|

विराटनगर : प्रदेश १ को प्रदेशसभा संसदमा प्रि–बजेट छलफल भइरहँदा सांसदले भने चासो दिखाएको देखिएन।

सांसद बैठक सुरु हुँदा उल्लेख्य उपस्थित भएपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले जवाफ दिने समयमा भने आधाभन्दा कम सांसद उपस्थित थिए। संघीय संसदमा गणपुरक संख्या नहुँदा पटकपटक संसद बैठक स्थगित भएका समाचार सुनिएको छ। संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा भने एक चौथाई सदस्य उपस्थित भए गणपुरक संख्या पुगेको मानिन्छ।

तर, प्रदेश १ प्रदेशसभामा अहिलेसम्म गणपुरक संख्या नभएकै कारण संसद बैठक उपस्थिति भएको छैन। गणपुरक संख्या पुगेको भए पनि बैठकको अन्त्यसम्ममा सांसदको संख्या झण्डै ३० जना मात्रै थियो।

बजेट निर्माणको प्रक्रियामा हुने छलफलमा सांसदको सहभागिता नहुनु दुःखद् भएको एक सांसदले बताए। उनले सांसदले आफ्ना विषय राख्ने तर सकिएपछि बाहिरिने प्रवृत्ति राम्रो नभएको बताए।


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.