|

तेहरान ः इरानले आइतबार स्वदेशमा निर्मित एकै पटकमा छ निशानामा प्रहार गर्नसकिने हवाई प्रतिरक्षा प्रणाली बनाएको छ। यसलाई एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको इरानको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । 

“खोर्डाड–१५ नाम दिइएको उक्त हतियारले विरोधीको लडाकू विमानलाई पत्ता लगाई एकतर्फ १५० किलोमिटरको दुरीमा आक्रमणको निशाना लगाउन सक्ने क्षमता राख्नेछ,” हतियार सार्वजनिक समारोहमा रक्षामन्त्री अमिर हतामीको दावीलाई उद्धृत गरी इरानी टेलिभिजनले बताएको छ ।

इरानको स्वदेशी नयाँ हतियारले विरोधीका लडाकू विमानलाई ड्रोनमार्फत १२० किलोमिटर किलोमिटर टाढासम्म पछ्याउने क्षमता राख्ने दावी पनि हतामीले गरे।

अमेरिकाले इरानसँगको आणविक सम्झौताबाट फिर्ता भई नयाँ प्रतिबन्ध लगाएसँगै इरानले स्वदेशी प्रतिरक्षा प्रणाली ९हतियार० को निर्माण गरिरहेको अनुमानहरू गरिँदै आएको छ । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.