|

काठमााडौं : २०६२/६३ सालमा परिमार्जित पाठ्यक्रमका आधारमा पठनपाठन हुँदै आएको कक्षा १ को नयाँ पाठ्यक्रम परीक्षण हुने भएको छ।

पाठ्यक्रम विकास केन्द्रले मुलुकभरका १०३ सामुदायिक विद्यालयमा कक्षा १ को नयाँ पाठ्यक्रम परीक्षण थालेको हो। केन्द्रका सूचना अधिकारी गणेश भट्टराईका अनुसार यस चालू शैक्षिक सत्रमा पाठ्यक्रमको परीक्षण गरेर आगामी शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू गरिनेछ। उनले यही वर्षको नयाँ शैक्षिक सत्र सुरु भए लगत्तै कक्षा १ को पाठ्यक्रम परीक्षण गर्न लागिएको बताएका छन्।

‘हामी परीक्षणको काम सुरु गरिसकेका छौं, सूचना अधिकारी भट्टराईले भने, परीक्षणपछि हामीलाई सुझाव आउँछ, त्यही सुझावका आधारमा सच्याउनुपर्ने भए हामी सच्याउँर्छौ र अर्को नयाँ शैक्षिकका लागि देशभरी पुस्तक वितरण गर्नेर्छौ।’ उनले कक्षा १ को पाठ्यक्रम परिमार्जित पछि क्रमशः कक्षा दुई र तीनको परीक्षणमा केन्द्र लाग्ने समेत बताएका छन्।

पाठ्यक्रमको सिधै परिमार्जित गर्नुभन्दा सुरुमा परीक्षण गर्ने र परीक्षणपछि आएका सुझावलाई समेटेर नयाँ पाठ्यक्रम लागू गर्नु उपयुक्त हुने अधिकारी भट्टराईको बुझाई छ। उनका अनुसार पाठ्यक्रममा निखारता ल्याउने र पाठ्यक्रम निर्माणमा देखिएका कमि कमजोरीलाई सुधार गर्ने लक्ष्य पाठ्यक्रम विकास केन्द्रले लिएको छ।

केन्द्रका अनुसार कक्षा एक देखि तीनसम्मको लागि एकिकृत पाठ्यक्रम तयार पारिएको छ। यसका लागि ६ वटा क्षेत्र तोकिएका छन्। नेपाली, अंग्रेजी, गणित, सामाजिक र सिर्जनात्मक कला, विज्ञान स्वास्थ्य शारीरिक वातावरण र स्थानीय भाषा वा स्थानीय विषय राखिएको छ। एकै ठाउँ समेटेर ‘मेरो सेरोफेरो विषयसमेत बनाइएको छ। साताको २६ घण्टा पढाउन मिल्नेगरी पाठ्यक्रम तयार गरिएको केन्द्रले जानकारी दिएको छ।

केन्द्रका अनुसार कक्षा ११ मा पनि मुलुकभरका विद्यालयमा आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम निर्माण गरी परीक्षण गरिनेछ। त्यका लागि पाठ्यक्रम निर्माण भइरहेको छ।

अधिकारी भट्टराईका अनुसार कक्षा ११ र १२ का लागि करिब १५० विषयका पाठ्यक्रम बनाउनुपर्ने हुन्छ। उनले ११ र १२ को पाठ्यपुस्तकको ड्राफ्ट हुँदै गरेको र अनिवार्य विषय र धेरै विद्यार्थीले अध्ययन गर्ने विषयको पाठ्यपुस्तक तयार पारेर आगामी नयाँ शैक्षिक सत्रबाट लागू गर्ने बताएका छन्। हालसम्म कक्षा ११ को लागि १५ विषयको पाठ्यक्रम बनिसकेको छ र २० वटा विषयको पाठ्यक्रम बन्ने चरणमा छन्।

यस वर्षभित्रमा कक्षा ११ का थप ५० विषयको पाठ्यक्रम बनाएर लागू गर्ने तयारीमा केन्द्र जुटेको अधिकारी बताउँछन्। अहिले कक्षा १ मा पठनपाठन भइरहेको पाठ्यक्रम २०६२÷६३ सालको हो। १०÷१० वर्षको अवधिमा पाठ्यक्रम परिमार्जित गर्नुपर्ने भएपनि नसकेको केन्द्रको दाबी छ। आगामी नयाँ शैक्षिक सत्रदेखि कक्षा १ र ११ देखि नयाँ पाठ्यक्रमको कार्यान्वयन गर्ने केन्द्रको योजना रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.