|

काठमाडौं : चार दिन अगाडि ओम अस्पतालमा उपचारमा लापरबाही भएर मृत्यु भएको भन्दै आफन्तले गर्दै आएको आन्दोलन सहमतिमा टुङ्गिएको छ।

सिन्धुपाल्चोक इन्द्रावतीको ५० वर्षीया रामप्यारी थापा गत बिहीबार मृत्यु भएको थियो। अस्पतालका तर्फबाट मृतकप्रति समवेदना प्रकट गर्दै बिरामीका आफन्तले  अस्पताललाई तिर्न बाँकी रकम तिर्न नपर्ने सहमति भएपछि आफन्त र अस्पताल प्रशासनबीच सहमति भएपछि आपन्तले शव जिम्मा लिएका हुन्।

अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्की, मृतकका आफन्त मोहन थापा तथा गौशाला प्रहरीको रोहबरमा बसी प्रहरी कार्यालयमा सहमति भएको मृतकका आफन्त खड्कबहादुर श्रेष्ठले बताए।

सहमतिपछि आफन्तले रामप्यारी थापाको शव बुझेको र मृतकको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको खड्काले बताए।  

सिन्धुपाल्चोक इन्द्रावती–१० की ५० वर्षीया रामप्यारी थापाको अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा गत बिहीबार मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.