|
प्रतीकात्मक तस्विर

काठमाडौं : संघीय संसदका प्रमुख चार पदाधिकारीले कानुनविपरीत आफ्नो स्वकीय सचिवालयका कर्मचारीलाई भत्तावापत मोटो रकम दिन थालेका छन्। सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षले स्वकीय सचिवालयमा नियुक्त २८ कर्मचारीलाई संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बेको ऐनविपरीत भत्ता दिएको समाचार कान्तिपुर दैनिकमा छ।

ऐनमा ‘पदाधिकारीको स्वकीय सचिव सचिवालयमा नियुक्त कर्मचारीले सुरु स्केलबराबरको तलब मात्र पाउने’ उल्लेख छ। प्रमुख चार पदाधिारीले ऐनको उक्त व्यवस्थाविपरीत निर्णय गराई मासिक अधिकतम ८० घण्टासम्म अतिरिक्त समय काम गरेकोवापत सुरुको तलब स्केलको ५० प्रतिशतसम्म भत्ता उपलब्ध गराउन थालेका हुन्।

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको स्वकीय सचिवालयमा आठ आठ जना र पसभामुख तथा उपाध्यक्षको स्वकीय सचिवालयमा ६÷६ जना कर्मचारी छन् ती सबै कर्मचारी पदाधिकारीका आफन्त र परिवारका सदस्य हुन्। २८ जनालाई न्यूनतम स्केलको ५० प्रतिशतका दरले सुविधा दिँदा वर्षको एक करोडभन्दा बढी खर्च हुने जानकारी संसद् सचिवालय स्रोतले दिएको छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.