|

उदयपुर :   छैठौं उदयपुर गोल्डकपको अन्तिम सेमिफाइनलमा घरेलु टोली उदयपुर–११ र गोर्खा ब्वाइज क्लब रुपन्देहीबीच खेल हुने भएको छ।

उदयपुरले विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने, रुपन्देहीले संकटा क्लबलाई पराजित गर्दै उदयपुरसँगको भेट पक्का गरेको थियो।  

यस्तै बुधबार भएको पहिलो सेमिफाइनलमा मोरङ फुटबल एकेडेमीलाई २–० को पराजित पराजित गर्दै एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ।  उपाधिका लागि दाबेदार मानिएका दुवै टिम खेलको सुरुवातमै आक्रामक बनेका थिए। सशस्त्रले सुरुवातको ११ औं मिनेटमा हरि कार्कीले गोल गर्दै अग्रता दिलाएका थिए।  पहिलो हाफको खेलको ४४ औँ मिनेटमा नै सशस्त्रका स्ट्राइकर प्रवीण स्याङ्तानले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। त्यसपछि दुवै टिमबाट कुनै पनि गोल हुन सकेन।  

प्रतियोगिताको बिजेताले नगद ५ लाख र उप विजेताले नगद ३ लाख प्राप्त प्राप्त गर्ने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार बराबरको उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.