|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन टुंगो लगाउने तयारी रहेको छ।

जिल्ला इन्चार्ज र सहइन्चार्जका बारेमा छलफल अन्तिम चरणमा पुगेपनि केही नाममा विवाद भएपछि केन्द्रीय सदस्यको जिम्मेबारी बाँडफाँड हुन सकेको छैन। केन्द्रीय सदस्यको जिम्मेबारी टुंगिएपछि पोलिटब्युरो गठन गर्ने नेताहरुको भनाई छ।

बैठकमा केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँडसँगै पार्टी आयोग गठन, केन्द्रीय सल्लाहकार परिषद् तथा केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठनबारे छलफल हुने नेकपाले जनाएको छ।

नेकपाको अन्तरिम विधानअनुसार तीनवटा आयोग रहने प्रस्ताव गरिएको छ। जसमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोग रहने छन्। पार्टी एकता घोषणा भएको एक वर्ष बितिसकेपनि एकता प्रक्रिया अझैं टुंगोमा पुगेको छैन। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.