|

लण्डन : विश्वकप कप क्रिकेटको ३२औँ खेलमा अस्ट्रेलियाले घरेलु टोली इङ्ल्यान्डलाई हराउँदै सेमीफाइनलमा पुगेको छ। मंगलवार लर्ड्सको मैदानमा अस्ट्रेलियाले इङ्ल्यान्डमाथि ६४ रनको जित दर्ता गराएको हो।

इङ्ल्यान्डलाई हराएसँगै अस्ट्रेलिया विश्वकप क्रिकेटको सेमीफाइनलमा पुग्ने पहिलो टिम बनेको छ। विश्ववक क्रिकेटको इतिहासमा इङ्ल्यान्डविरूद्ध अस्ट्रेलियाको यो लगाता चौथो जीत हो।

उसले पछिल्लो पटक इङ्ल्यान्डविरूद्ध सन् १९९२ मा हार भोगेको थियो। यस जितका साथ अस्ट्रेलियाले इङ्ल्यान्डविरूद्ध लगातार ६ वानडेमा हारको क्रम पनि तोडेको छ। 

उसले इङ्ल्यान्डविरूद्ध पछिल्लो पटक सन् २०१८ जनवरीमा जित निकालेको थियो। यस जीतका  साथ अस्ट्रेलिया ७ खेलबाट १२ अंक जोड्दै अंकतालिकामा पहिलो स्थानमा रहेर सेमीफाइनलमा पुगेको हो। 

अर्कातिर इङ्ल्यान्डको टीम जनवरी २०१७ पछि पहिलो पटक लगातार २ वानडे गुमाउन बाध्य भएको छ। उसले पछिल्लो पटक भारतविरूद्धका २ वान डे म्याचमा लगातार हार व्यहोरेको थियो। यस हारपछि इङ्ल्यान्डसँग ७ खेलबाट ८ अंक भएको छ। उसले सेमीफाइनलमा पुग्नका लागि भारत र न्यूजील्यान्डविरूद्ध जित निकाल्नुपर्ने हुन्छ। 

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाउँदै २८५ रन बनाएको थियो।  उसका लागि कप्तान एरोन फिन्चले १०० रनको गतिलो पारी खेले। यस विश्वकप कपमा यो उनको दोस्रो शतक हो। इङ्ल्यान्डविरूद्ध विश्वकप कपमा उनले लगातार २ सतक हानिसकेका छन। २०१५ मा उनले १३५ रन बनाएका थिए।

फिन्चपछि डेभिड वार्नरले ५३ रन बनाउँदै पेभेलियन फर्किए। वार्नरपछि उस्मान ख्वाजा २३ बनाउँदै बोल्ड भए । स्टीभ स्मिथ ३८ रन बनाएपछि क्रिस भोक्सका शिकार भए।  

ग्लेन म्याक्सवेल १२ रनमै समेटिए। मार्क्स स्टोइनिसले केबल ८ रन बनाए। अन्तिम ओभरमा विकेटकिपर एलेक्स केरीले २७ बलमा ३८ रन बनाए। इङ्ल्यान्डका लागि क्रिस भोक्सले २ विकेट लिए। जोफ्रा आर्चर, मार्क उड, मोइन अली र बेन स्टोक्सले एक-एक विकेट लिए। 

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाउँदै २८५ रन बनाएको थियो।  उसका लागि कप्तान एरोन फिन्चले १०० रनको गतिलो पारी खेले। यस विश्वकप कपमा यो उनको दोस्रो शतक हो। इङ्ल्यान्डविरूद्ध विश्वकप कपमा उनले लगातार २ सतक हानिसकेका छन। २०१५ मा उनले १३५ रन बनाएका थिए।

लक्ष्य पछ्याएको इङ्ल्यान्डको पुरै टिमले निराशाजनक प्रदर्शन गर्यो। उसले केबल १५ रनमै २ विकेट गुमाएको थियो। सुरूवाती ब्याट्सम्यान जेम्स विन्स शून्यमा पेभेलियन फर्किँदा जो रूट पनि ८ रनमै आउट भए। विङ्स र रूट आउट भएपछि कप्तान इयोन मोर्गन पनि ४ रनमै पेभेलियन गए। 

इङ्ल्यान्डका लागि जोनी बेयरस्टो २७ रन बनाउँदै आउट भए । जोस बटलर पनि २५ रनमै आउट भए। इङ्ल्यान्डका लागि बेन स्टोक्सले ८९ रनको शानदार पारी खेले। उनलले ११५ बलको सामना गर्दै आठ चौका र २ छक्का पनि हाने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.