|
प्रतीकात्मक तस्वीर

बुटवल : रुपन्देहीको गैडहवा गाउँपालिकामा अज्ञात समूहले गोली चलाएर दुई लाख ४१ हजार रुपैयाँ लुटेका छन्। मंगलबार गैडहवा–३ मा गोली चलाएर गैडहवा ताल सरसफाई समितिको रकम लुटिएको हो।

लुम्बिनीस्थित कृषि विकास बैंकबाट पैसा निकालेर आउँदै गरेका तोले पासीमाथि वडा नं ३ मा  मोटरसाइकलमा आएका २ जनाको अज्ञात समूहले गोली प्रहार गरी उक्त रकम लुटेर लगेको गाउँपालिका अध्यक्ष बछु केवटले पुष्टी गरे।

ताल सरसफाइ समितिको रकम लिएर १ ह ३३७ नम्बरको रिक्सामा पासी गैडहवा गाउँपालिका वडा नं ३ अहिरण्डी चोकमा आइपुग्दा उनीमाथि आक्रमण भएको हो। कुनै मानवीय क्षति भने नभएको गाउँपलिका अध्यक्ष केवटले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.