|

डडेल्धुरा : डडेल्धुराका दुई ठाँउमा आइतबार बिहान फेला परेका दुई वटा बम निष्क्रिय पारिएको छ। जिल्लाको परशुराम नगरपालिका–९ गाइबाधे र १० कुर्मुल्लेको वडा कार्यालयमा फेला परेका आइडी बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको हो।

नेपाली सेना २५ बाहिनी भगतपुर, कञ्चनपुरको बम डिस्पोजल टोलीले दिउँसो कार्यक्रममा भेटिएका आइडी बम  निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए।

बिहान अज्ञात समूहले परशुराम नगरपालिका–९ गाइबाधे र १० कुर्मुल्लेको वडा कार्यालयमा तालाबन्दी गरी तालाकै माथि बम राखेको थियो।

वडा कार्यालयमा लगाइएका ताला तोडियो

जिल्लाको भित्री मधेस क्षेत्रका स्तानीय तह र वडा कार्यालयमा लगाइएका ताला तोडिएका छन्। आलिताल गाउँपालिकालगायत गाउँपालिकाका ७ वटा वडा कार्यालय र परशुराम नगरपालिकाका चार वटा वडा कार्यालयमा लगाइएका ताला प्रहरीले तोडेको हो।

आइतबार बिहान आलिताल गाउँपालिकाको कार्यालयसँगै ७ वटा वडा कार्यालय र परशुराम नगरपालिकाका चार वटा वडा कार्यालयमा तालाबन्दी गरेको भेटिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.