हुम्ला : प्रभु बैंक लिमिटेडले हुम्ला जिल्लाको दुर्गम गाउँपालिका मध्येको एक खार्पुनाथ गाउँपालिका स्थित वडा नं. ५ याँक्चुकुनमा आफ्नो शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको छ। उक्त शाखाको उद्घाटन खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले गरे।
प्रभु बैंक लिमिटेडको शाखा कार्यालय उद्घाटन गर्दै रावलले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी व्यक्त गरे। विधिवतरूपमा २०० औँ शाखाको रूपमा बैक स्थापना गरिको बैंकका मेनेजर लोकेन्द्र बहादुर शाहीले बताए। कर्णाली प्रदेशस्तरीय प्रभु बैंक लिमिटेडका प्रमुख सरधराज तिमिल्सीनाले यस बैंकले ग्रामीणस्तर वित्तीय कारोबारो गर्ने बताए।
गाउँपालिकामा पहिलो पटक सञ्चालनमा आएपछि यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरलसहज रूपमा बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध हुने भएको छ। बैंकिङ पहुँचभन्दा बाहिर रहेका नागरिकलाई सेवा उपभोग गरी लाभ उठाउन बैंकले आग्रह गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।