|

सुनसरी : लगातार परेको निरन्तरको वर्षाको कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–९ चिलिया टापु सप्तकोशी नदीले कटान गर्दा २५ घर जोखिममा परेका छन्।

लगातारको वर्षासँगै कोसीले कटान थालेको हो। श्रीलंका टापुका नामले चिनिने सो क्षेत्रमा नदीले पश्चिम तर्फ कटान गर्दा बालसेवा आधारभूत प्राथमिक विद्यालय समेत जोखिममा परेको स्थानीय श्याम सुब्बाले जानकारी दिए। । 

सप्तकोशीको दुई भंगालोको बिचमा रहेको श्रीलका टपुमा हरेक वर्ष कोशीले कटान गर्दै आएको छ। प्रत्येक वर्ष बर्खामा कोशीले कटान गरेपनि सो क्षेत्रमा मानिसहरुको बासोबास भने रोकिएको छैन्। आज पनि वर्षा जारी रहेकाले सो क्षेत्रमा थप जोखिम बढेको  छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.