|

इटहरी : आफ्नै घरको कम्पाउन्डमा डोजर चलाउने इटहरीका मेयर द्वारिकलाल चौधरीले आउँदो आर्थिक वर्षदेखि सबै संरचनालाई मापदण्डमा ल्याउने बताएका छन्। उपमहानगरको आगामी आर्थिक वर्षको कार्यक्रम सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा चौधरी सबै भवनलाई मापदण्डभित्र ल्याउन काम सुरु गर्ने बताएका हुन्।

सार्वजनिक जग्गा खोजी कार्यलाई निरन्तरता दिँदै मापदण्डविपरीतका भवनलाई मापदण्डमा आउन समय दिने चौधरीले बताए। ’सहरका ठूला भनाउदाहरूले नै सार्वजनिक ऐलानी जग्गा हडपेर बसेका छन्' चौधरीले भने 'आउँदो आर्थिक वर्षमा नगरस्तरीय अभियान नै बनाएर जग्गा खोज्ने कार्य अघि बढाउन बजेट नै छुट्ट्याएको छौँ।’

सार्वजनिक जग्गा उपमहानगर मातहत ल्याएर पार्क उद्यान बनाउने योजना रहेको चौधरीले बताए। सार्वजनिक जग्गा खोजी सँगसँगै खोला, पैनी र सडकको क्षेत्राधिकार तोकिने र क्षेत्राधिकार भित्र पर्ने जग्गामा निर्माण भएका भौतिक संरचना हटाउने अभियानलाई तीव्रता दिइनेछ।

पत्रकार सम्मेलनपश्चात् थाहाखबरसँग कुरा गर्दै चौधरीले इटहरी उपमहानगरपालिका-१७ स्थित पूर्व-पश्चिम राजमार्गमा रहेको घरको पर्खाल भत्काएर उनले सडक सुशासन थालेको बताए। मंगलबार मात्र आफ्नै घरको पर्खाल भत्काएका थिए।

’सडक सुधार कार्यक्रम र सार्वजनिक जग्गा खोजी अभियान आफ्नै घरमा पनि लागू गराई सकेँ’ चौधरीले भने’ मापदण्डमा ल्याउन र सुशासन कायम गराउन सुरुमा अनुरोध गर्ने सचेत गराउने, भएन भने बल प्रयोग गरेर भए पनि अभियानलाई सार्थक बनाउने हो।’

उपमहानगरले सडक र खोलाको क्षेत्राधिकारलाइ पनि तोक्न समिति बनाएको र त्यसले प्रतिवेदन दिएपछि छलफल गरेर कार्यान्वयन गर्ने मेयर चौधरीले बताए। ’खोला कुदेको ठाउँमा पनि निजी जग्गा रहेछ। धेरैको भवन बनेका त बनिहाले तर नयाँ भवन निर्माणको काम भने तत्काल रोकेका छौँ।’

’एक वर्षमा हिलो, तीन वर्षभित्र धुलोमुक्त इटहरी’

उपमहानगरपालिकाले एक वर्षभित्र हिलो र तीन वर्षभित्र धुलोमुक्त इटहरी बनाउने अभियान आउने आर्थिक वर्षदेखि गर्ने भएको छ। आर्थिक वर्ष २०७६/७७ को बजेट नीति

तथा कार्यक्रमको जानकारी दिँदै उपमेयर लक्ष्मी गौतमले उपमहानगरलाई सफा सुगर बनाउन बजेटको व्यवस्था गरेरै सरसफाइको काम गर्ने लागेको बताइन।

इटहरीलाई जंगल भित्रको सहर बनाउने अभियानलाई निरन्तरता दिन एक घर ३ विरुवा अभियान चलाउने छ। गौतमका अनुसार नयाँ घर निर्माण सम्पन्नको कागज बुझ्न आउँदा ३ वटा विरुवा रोपेको हुनुपर्ने र हरेक घरमा उपमहानगरले विरुवा वितरण गर्नेछ।

उपमहानगरको आर्थिक वर्ष २०७६/०७७ को लागि १ अर्व ८५ करोड ५० लाखको बजेट पारित गरेको थियो। चालुतर्फ ७९ करोड ४ लाख ५५ हजार, पूँजीगत तर्फ १ अर्व ५ करोड, ७५ लाख ५४ हजार र वित्तीय व्यवस्थातर्फ ७० लाख व्यय हुने अनुमान छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.