|

सुनसरी : निरन्तरको वर्षाका कारण हरिनगर गाउपालिका–५ वसन्तपुरस्थित सुकसेना टोलका ३५ घरपरिवार विस्थापित भएका छन्।

उनीहरुलाई प्रहरीले उद्धार गरेर स्थानीय विद्यालयमा सुरक्षित राखेको छ। सुकसेना टोलमा घुँडाघुँडासम्म पानी जमेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए। भारी वर्षा जारी रहेकाले सो क्षेत्रमा थप उद्धारमा कठिनाइ हुनसक्ने उनले बताए।

केही दिन पहिले सो स्थानमा नयाँबाटो निर्माण गर्दा पानीको निकास नभएर बस्ती डुबानमा परेको बताइएको छ। गाउँपालिका अध्यक्ष एवं वडाध्यक्षहरुसँग समन्वय गरेर पानीलाई निकास दिने प्रयास गरिरहे पनि भारी वर्षाले कठिनाइ भएको फुयालले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.