|

रौतहट : अविरल वर्षाको कारण पूर्वपश्चिम महेन्द्र राजमार्गअन्‍तर्गत चन्द्रपुर नगरपलिका-२ को लच्कामा बाढीले राजमार्ग अबरुद्ध भएपछि  राजमार्गमा  सवारीसाधनको लाम लागेको छ भने हजारौं यात्रु आवतजावत गर्न नसकेर रोकिएका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीले यातायात अवरोध खुलाउने काम गरिरहेको छ ।

 जिल्लाको लाल बकैया खोलामा मोटरसाइकलसहित खोलामा डुब्दा एक व्यक्तिको मृत्यु भएको छ। रौतहटको इशनाथ नगरपालिका-३ औरैयाका ३५ वर्षीय रामपुकार पटेल भारतमा विहारको पूर्वी चम्पारणमा रहेको आफन्तको घरबाट फर्किने क्रममा लाल बकैया नदीको रेल्वे लाइनको पुलमाथिबाट मोटरसाइकलसहित हिँड्ने क्रममा बिहीबार बेलुका खसेर बेपत्ता भएका थिए। घटनास्थलभन्दा ४० किलोमिटर दक्षिण बागमती नदीको बेलवाघाटनजिक पटेलको शव भेटिएको हो। 

महेन्द्र राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित

बुधबारदेखि आएको अविरल वर्षाले रौतहटको विभिन्न ठाउँमा जनजीवन प्रभावित बनाएको छ। अविरल वर्षाको कारण पूर्वपश्चिम महेन्द्र राजमार्गअन्‍तर्गत चन्द्रपुर नगरपलिका-२ को लच्कामा बाढीले राजमार्ग अबरुद्ध गरेको छ।

सडक अवरुद्ध भएसँगै राजमार्गका हजारौँ सवारीसाधन आवतजावत गर्न नसकेर रोकिएका छन्। सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठूला सवारीसाधनलाई तार्ने काम गर्दै आएका छन्।

यसैबीच, रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरमा बागमतीले बाँध भत्काएको छ। भत्किएको बाँधको पानीले नगरपालिकाका लक्ष्मीपुर, धर्मपुर, पकहा, रजवाडालगायतका वडाहरु जलमग्न भएका छन्। यसैगरी  लाल बकैयाको बाँधमा क्षति पुगेसँगै बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तीहरू डुवानमा परेका छन्। लालबकैया, चाँदी र बागमती खोलाको जलस्तर ह्‍वात्तै बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.