जनही ५० हजार रूपैयाँ प्रदान

|

काठमाडौँ : गत चैतमा सम्पन्न पाँचौ साफ च्याम्पियन्सिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिमलाई विराटनगर महानगरपालिकाले नगदसहित सम्मान गरेको छ। 

महानगर कार्यालयमा सोमबार एक कार्यक्रम गरेर उपविजेता टिमका २० जना खेलाडी, प्रशिक्षक र अफिसियललाई जनही ५० हजारसहित सम्मान गरेको हो। 

फाइलनमा भारतसँग ३–१ ले पराजित नेपाली टिमको हौसलालाई बढाउन विराटनगर महानगरपालिकाले जनही ५० हजार दिने घोषणा गरेको थियो। 

त्यसैगरी मंगलबार प्रदेश नम्बर एक सरकारले जनही एक लाख दिएर पुरस्कृत गर्दैछ। साफको फाइनलका दिन   मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नेपाली टोलीले उपाधि जिते खेलाडीहरुलाई जनही २ लाख रूपैयाँ दिने घोषणा गरेको थियो। तर उपविजेता बनेपछि टिमका सदस्यलाई जनही १ लाख दिन लागिएको हो। 

त्यस्तै उपविजेता नेपाली टोलीलाई बुधबार युवा तथा खेलकुद मन्त्रालयले जनही ३२ हजार रूपैयाँसहित सम्मान गर्ने जनाएको छ। सम्मानित हुनेहरूमा २० सदस्यीय खेलाडी र प्रशिक्षक रहेका छन्।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.