|

काठमाडौं : ललितपुरको बालकुमारीमा अत्याधुनिक मेसिनबाट थेरापी उपचार हुने भएको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उक्त फिजोयोथेरापीको शुभारम्भ गरेका छन्। थेरापी सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सके यस क्षेत्रका बिरामी लाभान्वित हुने विश्वास महर्जनले व्यक्त गरे। उनले भने,'नयाँ नेपाल बन्ने क्रममा छ। थेरापी गर्ने मेसिन पनि आधुनिक तरिकाको आउँदै छ।'

 नेपालीहरु शारीरिक अभ्यास गर्न छोडे। बुढेसकाल लाग्दै गएपछि विभिन्न शारीरिक पुर्नस्थपना धाउँदै बुढयौलीको समय खर्च गर्ने प्रति उनले चिन्ता व्यक्त गरे। ललितपुर महानगरपालिका भित्र सञ्चालनमा आउनु भनेको गौरवको विषय रहेको उनको भनाइ छ।

विदेशबाट आयातित मेसिनको सहयोगबाट फिजियोथेरापी गर्न सकिने भएको छ। हातद्बारा गरिने थेरापी भन्दा फरक रहने र शरीरको क्षमतालाई ध्यानमा राखी मेसिनको सन्तुलन मिलाई गरिने भएकोले यो भरपर्दो रहेको नेपाल फिजोयोथेरापीक निर्देशक शहदेव व्यञ्जनकारले बताए। उनका अनुसार मेसिन बेलायत र अमेरिकाबाट ल्याइएको हो। मेसिनले शरीरको सन्तुलन मिलाई थेरापी गर्नेछ।

थेरापी भन्ने बितिकै पुरानो प्रविधि भन्ने छ। मेसिनबाट गर्दा शरीरलाई दीर्घकालीन फाइदा पुग्ने उनको दाबी छ। अन्य विधिबाट भन्दा मेसिनबाट गर्दा सस्तो पर्ने उनले जानकारी दिए। १ करोड २० लाख लगानीमा उक्त थेरापी सेन्टर सञ्चालनमा आएको हो।

विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परामर्श, दुःखाई निर्मूल उपचार, हाडजोर्नी, नशा, मनोरोग, मधुमेह, थाइराइड, स्नायु, नाक, कान घाँटीलगायतको उपचार गरिने उनले जानकारी दिए। सेन्टरमा एक महीनासम्म बिरामीलाई केही प्रतिशत छुटको व्यवस्था तथा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.