|

काठमाडौं : उपन्यासकार हरि कटुवालको दोस्रो उपन्यास ‘रेडलाइट’ बजारमा आएको छ। यसअघि ‘अधुरो सपना’ उपन्यास लेखेर नेपाली साहित्यमा आफ्नो प्रभाव जमाउन सफल लेखक कटुवालले दोस्रो उपन्यासमा पनि समाजिक यथार्थलाई उजागर गरेका छन्।

उपन्यासमा वेश्यावृत्ति र महिला हिंसाका घटनासहित सामाजिक कुरीतिका विषयमा समेटिएको छ। उपन्यासकार कटुवालका अनुसार रेडलाइट उपन्यासमा उनले कथाको परम्परागत शैलीलाई भन्दा विषयवस्तुको प्रभावलाई बढी महत्त्व दिएका छन्।

राइटर्स पब्लिकेसनले प्रकाशन गरेको पुस्तकको मूल्य ३ सय २५ रहेको छ। गीत लेखनमा पनि कलम चलाउने उनको नयाँ गीत ‘नाचौं छमछम’ यसै महिना युट्युबमा आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.