|

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ बैदेशिक भ्रमणमा निस्कने भएका छन्।

आगामी भदौ ७ र ८ गते वेलायतमा हुने नेपाली मेलामा सहभागी हुन मुख्यमन्त्री गुरुङ त्यसतर्फ जाने गण्डकी सरकारले जनाएको छ। गत साउन १६ गतेको मन्त्री परिषदको बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता रामशरण बस्नेतले यसबारे जानकारी गराएका हुन्। मन्त्री परिषदको बैठकले मुख्यमन्त्रीको भ्रमणको लागि नेपाल सरकारसँग स्वीकृतीको लागि सिफारिस गरेको छ।

तमुधी ( यूके ) वेलायतको आयोजनामा सहभागी हुन जाँदा प्रदेश सरकारको कुनै पनि आर्थिक दायित्व नहुने बस्नेतले जानकारी दिए। त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नै पेश गरेको प्रस्ताव अन्तरगत प्रदेश विकास प्राधिकरण विधेयकको तर्जुमाको लागि मन्त्रिपरिषदले सैद्धान्तिक सहमति दिएको छ। 

आर्थिक मामिला तथा योजना  मन्त्रालयले ससर्त अनुदानसम्बन्धी कार्यविधि, समपुरक अनुदानसम्बन्धी कार्यविधि, र विशेष अनुदानसम्बन्धी कार्यविधि स्वीकृत लागि प्रस्ताव ल्याएको थियो। यसमा समपुरक अनुदान कार्यक्रम २०७५ मा संशोधन भएका दफा ४ उपदफा ३ को सट्टा संशोधनका लागि प्रस्तावित उपदफा ३ मा रहेका ७० प्रतिशत सम्म भन्ने शब्दको सट्टा ६० प्रतिशतसम्म भन्ने राखेर अनुमोदन गरिएको छ। 

पर्यटन मन्त्रालयले पेश गरेको केही प्लास्टिक जन्य पदार्थ नियन्त्रण गर्न बनेको विधेयकको मस्यौदालाई सैद्धान्तिक स्वीकृत दिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ। त्यस्तै भूमि ब्यवस्था कृषि सहकारी मन्त्रालयका पेश परेको दुग्ध विकास बोर्ड गठनको लागि मुल कमिटी गठन गर्न स्वीकृत दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.