|
Photo : New York Times

भारत शासित जम्मु कश्मिरको मुख्य शहर श्रीनगरमा हजारौँको संख्या प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई लक्षित गर्दै अश्रुग्यास प्रहार भएको कतारी सञ्चार माध्यम अल-जजिराले जनाएको छ। केन्द्र सरकारले जुम्मु कश्मिरको विशेष अधिकारलाई खारेज गरिदिएको विरोधमा प्रदर्शन गर्न जम्मा भएका प्रदर्शनकारी लक्षित गरिए सुरक्षाकर्मीले अश्रुग्यास र हवाइ फाएर गरेको हो।

शुक्रबार दिउँसोको नवाजपछि हजारौँको संख्यामा रहेका प्रदर्शनकारी कर्फ्यूलाई व्यवस्था गरेर नाराजुलुस गर्दै श्रीनगरको केन्द्रतिर बढ्न खोजेका थिए। उनीहरूले कालो झण्डा लिएर हातमा हात राख्दै 'वि वान्ट फ्रिडम' र 'अनुच्छेद ३७० हटाउनु हामीलाई स्वीकार्य छैन'लगायत नारा लेखेका ब्यानरसहित प्रदर्शनमा उत्रिएको अलजजिराले उल्लेख गरेको छ।

भारतको केन्द्र सरकारले जम्मु कश्मिरलाई दुई भागमा बाँडेर लद्दाखलाई छुट्टै राज्य बनाउने निर्णय गरेको छ। अब यी दुवै राज्य केन्द्र सरकारको शासित क्षेत्रअन्तर्गत रहनेछन्। यहाँको सुरक्षा व्यवस्थालाई मध्यनगर गर्दै केन्द्र सरकारले १० हजार अतिरिक्त सुरक्षाकर्मीसमेत पठाएको छ।

त्यस्तै अर्को समाचार संस्था रोयटर्सले पनि उक्त क्षेत्रमा शुक्रबार प्रदर्शन भएको उल्लेख गरेको छ। उसले स्थानीय सुरक्षा अधिकारीको भनाइ उद्धृत् गर्दै उक्त विरोध प्रदर्शनमा १० हजार मानिसहरू उत्रिएको जनाएको छ। ती अधिकारीका अनुसार प्रदर्शनकारी श्रीनगरको दक्षिणी क्षेत्रबाट केन्द्रतर्फ अगाडि बढेका थिए, पछि उनीहरूलाई सुरक्षाकर्मीले आइवा ब्रिजबाट फिर्ता पठाएको थियो।

त्यस्तै बेलायती सञ्चार माध्यम वाशिंटन पोस्टले पनि शुक्रबार दिउँसोको नवाजपछि श्रीनगरमा हजारौँको संख्यामा प्रदर्शनकारी जम्मा भएको बताएको छ। वाशिंटन पोस्टका अनुसार प्रदर्शनकारीले स्वतन्त्रताको समर्थनमा नारावाजी गरेका थिए। रिपोर्टमा सुरक्षाकर्मीसँगको झडपमा कम्तीमा आठजना घाइते भएको उल्लेख छ।

त्यस्तै न्युयोर्क टाइएम्सले पनि प्रतिबन्धका बीच श्रीनगरमा शुक्रबार प्रदर्शन भएको उल्लेख गरेको छ। उसले शुक्रबार दिउँसो श्रीनगर अशान्त रहेको बताएको छ। उक्त क्षेत्रमा विदेशी पत्रकार बिना अनुमति जान पाउँदैनन्। यद्यपि न्युयोर्क टाइम्सले आफ्नो समाचारमा त्यहाँका केही तस्वीरहरू प्रकाशित गरेको छ।

समाचारमा जनाइएअनुसार पाकिस्तानको कराची शहरमा पनि भारत विरोधी प्रदर्शन भएका छन्। प्रदर्शनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आतंकवादीको संज्ञा दिँदै उनकी पतला दहन गरेका छन्।

साथै जम्मू कश्मिरको विषयमा कुनै कदम नउठाएको भन्दै संयुक्त राष्ट्र संघको पनि आलोचना गरेका छन्। यस्तै पाकिस्तानको राजधानी इस्लामाबादमा पनि भारतविरोधी प्रदर्शन भएका छन्। तर, यस विषयमा भारतीय सञ्‍चार माध्यमहरूले त्यो क्षेत्रको वस्तुस्थिति सामान्य रहेको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.