|

पोखरा : गण्डकी प्रदेशका किसानले उत्पादन गर्ने प्रांगारिक उत्पादनको बजार ग्यारेण्टी प्रदेश सरकारले गर्ने भएको छ। यसका लागि भूमि व्यवास्था कृषि तथा सहकारी मन्त्रालय र ग्लोबल क्यापिटल इनभेष्टमेण्ट कम्पनीवीच सोमबार सम्झौता भएको छ। 

मन्त्रालयको तर्फबाट सचिव दुर्गाप्रसाद ढवाडी र ग्लोबल क्यापिटलको तर्फबाट अध्यक्ष देबमान हिराचनले सम्झौता पत्रमा हस्ताक्षार गरेका छन। सम्झौता अनुसार प्रदेशका किसानले उत्पादन गर्ने प्रांगरिक कृषि समाग्री देश तथा विदेशमा खपत गर्ने जिम्मेवारी ग्लोबल क्यापिटलको हुनेछ। साथै कृषिसम्वन्धी नया विधि तथा प्रविधिका विषयमा ग्लोबल क्यापिटलले सहयोग गर्नेछ। यसको समन्वय मन्त्रालयले गर्नेछ। 

भूमि व्यवास्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले सम्झौताले किसानको उत्पादन विक्री नहुने समास्या अब नरहने बताए। उनले ग्लोबल क्यापिटलसंग थप छलफल गरी विस्तृत कार्ययोजना नै बनाएर अगाडि बढ्ने जानकारी गराउँदै सम्झौता प्रांगारिक बजार प्रसोधन र प्रवर्द्धनमा महत्वपूर्ण कदम बनाएको बताए।

कृषिमा रसायानिक वस्तुको प्रयोेगलाई निरुत्साहित गर्दै प्रांगारिक उत्पादन बढाउने प्रदेश सरकारको नीति अनुसार नै सम्झौता भएको समेत उनले प्रष्ट्याए। ग्लोबल क्यापिटलको तर्फबाट अध्यक्ष देब मान हिराचनले प्रांगरिक उत्पादनको माग आज धेरै देशबाट भइरहेको भन्दै प्रदेशको उत्पादनको बजारमा पुर्‍याउन चाहिरहेको बताए। उनले मिलेर अगाडि बढेमा मात्र यो सम्झौताको औचित्य पुष्टि हुने भन्दै कृषिमा नया प्रविधि प्रदेशका किसानलाई सिकाउन समेत आफूहरू तयार रहेको बताए।

देशमा एक सय ५० वर्षदेखि एकै तारिकाको विधिमा कृषि निर्भर रहेकोले यसलाई सवै मिलेर परिवर्तन गर्नुपर्ने हिराचनको भनाई छ। कृषि मन्त्रालयले गरेको यो छैठौं एमऔयु सम्झौता हो। यसअघि चिनिया कम्पनी, कृषि विकास वैंक प्रदेश कार्यलाय, कृषि बन विज्ञान क्याम्पस रामपुर, लिवर्ड र नापी विभागसँग विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरी एमओयू सम्झौता मन्त्रालयले गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.