ठूला सवारी रोकिए, हलुका मात्रै सञ्चालन

|

नवलपरासी : पूर्व-पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको अरुणखोला पुलमा ट्रक दुर्घटना भएको छ। ट्रकले ठक्कर दिँदा पुलमा क्षति पुगेको छ। 

पूर्वतर्फको भागमा ट्रकले ठक्कर दिँदा पुलको केही भाग चर्किएको छ। पुल चर्किएपछि ठुला सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन्।

साना हलुका सवारीसाधनलाई संचालनमा ल्याइएको नवलपुर प्रहरीले जनाएको छ। बुधबार बिहान ४ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रकले पुलको एकातर्फको भागमा ठक्कर दिँदा चर्किएको हो । 

पुल चर्किएपछि पूर्व-पश्चिम राजमार्ग भएर गुड्ने सवारीसाधन  संचालनमा ल्याउन प्रहरीले रोक लगाएको छ । साना र हलुका सवारीलाई भने पालैपालो दुवैतर्फ संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.