यी रुटमा चल्‍नेछन् बस

|

काठमाडौं : सुन्दर यातायातले काठमाडौंमा संचालन गर्न थालेको विद्युतीय सार्वजनिक बसमा पाँच किसिमका कार्ड प्रयोगमा ल्याउने जनाएको छ। कार्डबाट भाडा भुक्तानी गराउनको लागि तत्कालको लागि पाँच किसिमका कार्ड प्रयोगमा ल्याउन खोजिएको संचालक भेषबहादुर थापाले बताए।

भदौ दोस्रो साता उपत्याकामा विधुतीय बस संचालन गर्ने तयारी गरेको सुन्दर यातायातले नर्मल (सामान्य), विद्यार्थी, कम्पनी, अस्थायी र एकल परिचय किसिमका गरी पाँच किसिमका कार्ड प्रयोगमा ल्याउन थालिएको आइतबार गरिएको अन्तरक्रियामा जानकारी गराइएको हो। 

नर्मल कार्ड इच्छुक सबैलाई दिइने जनाइएको छ भने विद्यार्थी कार्ड बनाउनका लागि सम्बन्धित स्कुलको सिफारिस आवश्‍यक पर्नेछ। कम्पनी कार्ड दुई कम्पनीबीच भएको सम्झौताको आधारमा छुट निर्धारण गरेर दिइनेछ। त्यस्तै, एक दुई दिनको यात्रकाको लागि अस्थायी कार्ड पनि बनाइनेछ। निश्‍चित रकमले निश्‍चित दिनसम्म यात्रा गर्न पाइने व्यवस्था गरिएको जनाइएको छ।

ई–सेवा, खल्ती, प्रभु पे, आइएमई पेलगायत पेमेन्ट गेट वे प्रयोग गरेर मोबाइलबाटै भाडा तिर्न सक्ने व्यवस्था मिलाइएको र नगद भाडा पनि तिर्न सकिने व्यस्था गरिएको थापाले बताए। नगद भाडा तिर्दा भने गाडीमा राखिएको डब्बामा सिक्का खसाल्नुपर्छ । कार्डमा सुरुवाती २१५ रुपैयाँको कार्ड खरिद गर्नुपर्नेछ। २६५ रुपैयाँ बराबरको यात्रा गर्न सक्ने सुन्दर यातायातले जनाएको छ।

गाडीको चारैतिर एलसिडी जडित छ, बसमा यात्रीको सुरक्षाका लागि सातवटा सिसी क्यामेरा जडान गरिएको जनाइएको छ।

कम्पनीले काठमाडौंका सुकेधारा र सीतापाइला र ग्यारेज रहेको क्षेत्र भत्केको पुलमा चार्जिङ स्टेशन संचालन गर्ने जनाएको छ। अहिलेसम्म सीतापाइला र सुकेधारमा संचालनको अनुमति नापाएको कारण भत्केको पुलबाट मात्रै चार्जिङ गर्ने जनाएको छ।

सुरुवातामा सातवटा बसबाट सार्वजनिक विद्युतीय बस संचालन गर्न थालेको कम्पनीले काठमाडौंमा नारायणथानदेखि जावलाखेल हुँदै मेडिसिटी अस्पतालसम्म,  गोंगबुदेखि सामाखुसी, गौशाला, कोटेश्वर हुदै  सल्लाघारीसम्म,  ढुंगेअड्डादेखि कलंकी, त्रिपुरेश्वर,वीर अस्पताल, जमल, कृष्णपाउरोटी, रातोपुल, गौशाला, चाबहिल,

बौद्ध, अत्तरखेलसम्म रुटमा चल्ने अनुमति लिएको छ। त्यस्तै  सूर्यविनायक, कोटेश्वर, बानेश्वर, वीर अस्पतालदेखि जमलसम्म र चक्रपठ्ठ परिक्रमाको अनुमति लिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.