|
फाइल फोटो

गुल्मी : सामूहिक बलात्कारको आरोपमा साउन १७ गते पक्राउ परेका तीनजना पुर्पक्षका लागि जिल्ला कारागार चलान भएका छन्।

गुल्मी जिल्लाको मदाने गाउँपालिका ७ का १९ वर्षीय सुमन पन्थी,  धुर्कोट गाउँपालिका ६ का २५ वर्षीय सुरज पन्थी र रेसुंगा नगरपालिका ४ का ३२ वर्षीय ओम खत्री पुर्पक्षका लागि जिल्ला कारागार गुल्मी चलान भएको जिल्ला अदालत गुल्मीका श्रेष्तेदार एवं सूचना अधिकारी कृष्ण शरण  लामिछानेले जानकारी दिए।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को उपदफा १ को 'ख' अनुसार पुर्पक्षका लागि थुनामा राख्न मनासिप देखिएको न्यायाधीस कृष्णप्रसाद पौडेलले आदेश दिएको जिल्ला अदालत गुल्मीले जनाएको छ।

दुई दिनसम्म सँगै राखेर सामूहिक बलात्कार गरेको बालिकाका आफन्तको उजुरीका आधारमा उनीहरूलाई प्रहरी पक्राउ परेको थिए। सुमन पन्थी जिल्ला बाल संजालका अध्यक्ष हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.