|

बोस्टन : दुई दिनका अन्तरमा अमेरिकामा दुई नेपाली (भाषीमध्ये एउटालाई आत्महत्या गर्नबाट बचाइएको छ भने अर्काले चुपचाप देहत्याग गरेकी छन्। सिकागो वा यसै वरपर बस्ने भुटानी युवालाई बचाइएको छ भने सान फ्रान्सिस्कोकी एक युवती परिवारलाई रूवाएकी छन्।

'भूटानी शरणार्थीले अमेरिका आत्मा हत्या गर्नका लागि यसरी गरे सार्वजनिक भिडियो' भन्ने भिडियो युट्युबमा राखेपछि समुदायका मानिसले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। उनले परिवारको सामान्य कलहमा आफू र सन्तानसमेतको हत्याको धम्की दिएका थिए। सामाजिक सञ्जालमा सार्वजनिक गरेका कारण प्रहरीले उनलाई फेला पारेको र दुवै सुरक्षित भएका छन्। युट्युबबाट भिडियो पनि हटाइएको छ। उनको परिचय खुलाइएको छैन।

क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा दुई दिनअघि सुनिता लिम्बू (इनसेटमा) नामकी एक युवतीले आत्महत्या गरेकी थिइन्। उनका श्रीमान बेलायत भएको र बुबाआमासँग बस्दै गरेकी थिइन्। नेपाली मूलका भन्दा भूटानी मूलका नेपालीमा आत्महत्याका घटना धेरै गुणा बढी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.