लिखित राजीनामा आएकाे छैन : प्रतिष्ठान

|

दाङ: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका चिकित्सक र कर्मचारीले सामूहिक राजिनामा दिएका छन्। तर सामूहिक राजिनामाका सम्बन्धमा लिखित जानकारी प्राप्त भइनसकेको प्रतिष्ठानले जनाएको छ।

उपकुलपति प्राध्यापक डाक्टर संगीता भण्डारीले आफूहरूलाई बिभिन्न बहानामा स्पष्टीकरण सोध्ने, बर्खास्त गर्ने, धम्की दिने लगायतका काम गरेको आरोप लगाउँदै सामूहिक राजिनामा दिएको चिकित्सक तथा कर्मचारीले बताएका छन्।

राजिनामा दिएकाको सूचीमा २५ जनाको नाम लेखिए पनि हस्ताक्षर भने २२ जनाको मात्र छ। लामो समयदेखि विवाद हुँदा प्रतिष्ठानले गति लिन सकेको छैन।यसैबीच प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले चिकित्सक र कर्मचारीले दिएको सामूहिक राजिनामाका सम्बन्धमा लिखित जानकारी प्राप्त भइनसकेको बताए।  

शुक्रबार रजिष्ट्रार प्याकुरेलले विज्ञप्ति जारी गरी प्रतिष्ठानको अस्पतालमा नियमित बहिरंग सेवा लगायतका सेवा सूचारु रहेको जानकारी दिए। साथै प्रतिष्ठानका चिकित्सकद्बारा सामुहिक राजिनामा शीर्षकमा बिभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति प्रष्ठिानको ध्यानाकर्षण भएको उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.