पोखरा : गुरुङ पर्यटन व्यवसायी संघ (जीटीन) ले दिँदै आएको डा.हर्क गुरुङ अवार्डबाट गोरखाका सुनारबहादुर गुरुङ सम्मानित भएका छन्।
जिटिनले काठमाडौँमा शनिबार एक समारोहको आयोजना गरी नेपालका प्रथम अन्तराष्ट्रिय स्तरका पर्वतारोहण पथ प्रदर्शक सुनार गुरुङलाई सम्मानित गरेको हो। नेपालकै पहिलो अन्तराष्ट्रिय पर्वतारोहण पथ प्रदर्शकका रुपमा सक्रिय रहेर पर्यटन क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै उक्त अवार्ड प्रदान गरिएको जिटीनले जनाएको छ।
गुरुङलाई प्रतिनिधि सभा सांसद पार्वत गुरुङ र गुरुङ पर्यटन व्यवासयी संघका अध्यक्ष कमला गुरुङले अवार्ड हस्तान्तरण गरेर सम्मान गरे। त्रिनेत्र एड्भेञ्चर प्रालिका प्रबन्ध निर्देशक रहेको गुरुङ नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका उपाध्यक्ष, गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्ष २०१९, ०२०, ०२१ र ०२२ को मूल आयोजक समितिका सदस्य, नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघका संस्थापक उपाध्यक्ष तथा निवर्तमान अध्यक्ष हुन्।
गोरखाको तल्लो मनास्लु क्षेत्रमा रहेको धार्चे गाउँपालिका ४ लाप्राकका गुरुङले सन् २००८ मा फ्रान्सको एनसा विश्व विद्यालयबाट अन्तर्राष्ट्रिय स्तरको पर्वतारोहण पथ प्रदर्शकको डिग्री हासिल गरेका थिए। गुरुङले पर्यटकीय क्षेत्रमा सम्बद्ध विभिन्न क्षेत्रबाट र आफ्नो ब्यक्तिगत सहयोगमा उत्तरी गोरखाका विभिन्न सहयोग गर्दै आइरहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।