|

जनकपुरधाम : नक्कली तमसुक बनाउँदै पैसा असुल्ने सर्लाहीका श्याम कृष्ण साह (परदेशी) पक्राउ परेका छन्।

सर्लाहीको मलंगवा नगरपालिका ४ का भएका परदेशीलाई घर नजिकैबाट पक्राउ गरिएको हो। ऋण लगानी गरेर मनलाग्दी ब्याज असुलेको आरोपमा परदेशीलाई पक्राउ गरिएको सर्लाहीका एसपी गोपाल चन्द्र भट्टराईले जानकारी दिए।

सर्लाहीका करिब २ सय ९९ जनालाई ऋण दिएर चार/चार पटकसम्म रकम असुलेको परदेशीमाथि आरोप छ। ऋण चुक्ता गरे पनि उनले तमसुक नदिई अदालतमा मुद्दा दायर गरेका कारण कैयौँले आत्महत्या गरेका छन्। सोही कारण अहिले तीनजना स्थानीय जेलमा छन् भने अदालतबाट पक्राउ पुर्जी जारी हुँदा सयौँ व्यक्ति फरार छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.