|
फाइल फोटो

हेटौँडा : हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङमस्थित पूर्व-पश्चिम राजमार्गमा मंगलबार मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका ४ बस्ने वर्ष २३ का सुरज मैनाली रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ।

हेटौंडाबाट नवलपुरतर्फ जाँदै गरेको ना४५प १६११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकखण्डमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। मैनालीको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.