|

जनकपुरधाम : धनुषाको मिथिलाविहारी नगरपालिका १० ठेराका ६० वर्षीय रामवरण शर्माको हत्या भएको छ।

आइतबार राति तारापट्टी बजारबाट तरकारी किनेर घर फर्किने क्रममा शर्मामाथि धारिलो हतियार प्रहार गरी अज्ञात समूहले हत्या गरेको हो।  मोटरसाइकलमा आएका अपरिचित दुई व्यक्तिले शर्माको घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए।

धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले घटनापछि गम्भिर घाइते शर्माको उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याउने वित्तिकै मृत्यु भएको जानकारी दिए। उनले घटनामा संलग्नको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको बताए।

शर्मा सामान्य आर्थिक हैसियत भएका व्यक्ति थिए। प्रहरीका अनुसार उनी धामी झाँक्रीको काम समेत गर्थे। तर हत्या के कारणले र कसले गरेको विषयमा केहि खुल्न सकेका छैन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.