समाज : सुरक्षा/अपराध

रवि लामिछानेलाई थुनामा राख्न माग गरिएको रिटमाथि बिहीबार सुनुवाई हुने
SHARES

फाइल फोटो
भदौ २४, २०७६

    हेटौंडा : पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहनका अभियुक्त टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेल तथा अभियुक्त अस्मिता कार्कीलाई थुनामा राखेर थप अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि बिहीबार सुनुवाई हुने भएको छ।

     उच्च अदालत पाटनको हेटौंडा इजलासले रवि, युवराज र अस्मितालाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि बिहीबार सुनुवाई गर्ने जनाएको छ।

    पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनका अभियुक्त रवि पाँच लाख, युवराज तीन लाख रूपैयाँ धरौटीमा छुटेका थिए भने अस्मिता सामान्य तारेखमा छुटेकी थिइन्।

    तीनैजनालाई थुनामा राख्न माग गर्दै सरकारी वकिलको कार्यालयले सोमबार उच्च अदालतमा रिट दायर गरेको थियो । उक्त रिटमाथि मंगलबार भएको सुनुवाईमा न्यायाधीश टेकराज नेपालको एकल इजलासले रवीसमेतको निवेदन, सरकारी वकिल कार्यालयको निवेदन र चितवन जिल्ला अदालतले पठाएको प्रतिवेदन एकसाथ राखेर पेश गर्न आदेश दिएको रजिष्ट्रार विकास श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]