|

नवलपरासी : पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट र दाउन्नेकोबिच जंगल क्षेत्रमा यात्रुबाहक बसमा आगलागी भएको छ। 

महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको ना ६ ख ८४५३ नम्बरको बसमा आगलागी भएको हो। बसमा सवार यात्रुहरु सकुसल रहेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक हेम बहादुर केशीले जानकारी दिए। 

आगलागी के कति कारणले भएको भन्ने खुल्न सकेको छैन। बसमा आगलागी भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय बर्दघाटबाट पुगेको प्रहरी टोली आगलागी नियन्त्रणमा लिएको हो।

आगलागिबाट बस पूर्ण रुपमा क्षति भएको केशीले जानकारी दिए। आगलागीको कारण बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.