|

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले माटोको विशेषता, बजारको आवश्यकताअनुसार सहकारीकर्मीहरू अगाडी बढ्न आग्रह गरेकी छन्। काठमाडौंमा आयोजीत सहकारी संस्थाहरूको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताए।  ।

शुभात बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारीलाई कमाउने धन्दा मात्रै बनाउन नहुने बताइन्। संस्थाको सदस्यको हितलाई पहिलो प्राथमिकता राखेर सहकारीले काम गर्नुपर्ने भन्दै उहाँले त्यसपछि संस्थाको सन्देश प्रवाह गर्नेगरी काम गर्न आग्रह गरिन्। 

सहकारी अभियान कौशीमा भएकालाई पिंढिमा झार्ने नभएर पिंढिमा भएकालाई कौशिमा उकाल्ने अभियान भएको भन्दै मन्त्री अर्यालले ३४ हजार ५१२ सहकारीमध्ये करिब आधा जति बचत तथा ऋण सहकारी संस्थाहरु रहेको बताए। त्यसकारण अब मन्त्रालयले मर्जरको अभियान सञ्चालन गरेको भन्दै बचत तथा ऋण सम्बन्धी काम गर्ने संस्थाहरूले पनि अब काम गर्ने तरिका बदल्ने अवस्था आएको उनको भनाइ छ। 

दीगो लक्ष्य हासिल गर्नका निम्ति द्रुतगतिमा बढीभन्दा बढी मान्छे सहभागी गराएर उत्पादनमा लगाउनुपर्ने मन्त्री अर्यालको भनाइ छ। ‘गाउँमै उत्पादन बढाउने त्यसपछि रोजगारी सिर्जना गरेर अब विदेशिने युवालाई स्वदेशमै रोक्नुपर्छ’, उनले भने। 

सहकारीमा भएको लगानीको सुरक्षाका निम्ति मन्त्रालयले कर्जा सूचना केन्द्रको आवश्यकता देखेर त्यसलाई अगाडि बढाएको भन्दै उहाँले सहकारीमा ब्याजको विषयलाई लिएर धेरै गुनासो आएपछि त्यसमा एकरूपता ल्याउन अहिले १६ प्रतिशत ब्याजदर तोकिएको बताइन्।

गाँठ दह्रो भयो भने आँट दह्रो हुनुपर्ने भन्दै मन्त्री अर्यालले महिलाहरु आत्मनिर्भर बन्न आग्रह गरिन्। महिलाहरू आत्मनिर्भर बन्दा कसैले पनि हेप्न नसक्ने भन्दै उनले सीप सिकेर उद्यमी बन्न मन्त्री अर्यालले आग्रह गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.