|
अन्सारी र विष्ट

काठमाडौं : नेपाल ओलम्पिक कमिटीको निर्वन सम्पन्न भएको छ। ओलम्पिक कमिटीको शनिबार भएको निर्वाचनमा सांसदसमेत रहेका जीवनराम श्रेष्ठ निर्वाचित भएका छन्।

नेपाल ओलम्पिक कमिटीको अध्यक्षका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए।

ओलम्पिक कमिटीमा २७ जना मतदाता थिए। जसमध्ये अध्यक्षमा जीवनरामले १७ र उमेशलालले १० मत प्राप्त गरेका थिए।

ओलम्पिक कमिटीको पदाधिकारी र सदस्यमा अधिकांश व्यक्ति जीवनरामको प्यानलका विजयी भएका छन्।

नेपाल ओलम्पिक कमिटीको पदाधिकारीमा उम्मेदवार बनेका नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्यसचिव केशवकुमार विष्ट पराजित भएका छन्। अन्सारी उपाध्यक्ष र विष्ट सचिवमा प्रतिस्पर्धी थिए।    

पाँच उपाध्यक्षमा ज्योती राणा (२६), चतुरानन्द राजवैद्य (२२), तेजबहादुर गुरुङ (२०), सुनिलकुमार श्रेष्ठ (१८) र अशोकरत्न बज्राचार्य (१५) निर्वाचित भएका छन्। उपाध्यक्ष पदका लागि प्रतिस्पर्धी बनेका मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पराजित बनेका छन्।

महासचिवमा लिलेन्द्रराज श्रेष्ठ निर्वाचित भएका छन्। जीवनराम प्यानलका उनले १५ मत पाए भने उमेशलाल प्यानलका पुरेन्द्रविक्रम लाखेलेले १२ मत ल्याएर पराजित बने। उपमहासचिव पदमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टण्डन निर्वचित भएका छन्।

ओलम्पिक कमिटीको तीन सचिवमा दीपकहर्ष बज्राचार्य, तुलसी थापा र रामजीबहादुर श्रेष्ठ निर्वाचित भएका छन्। ज्राचार्यले २५, थापाले २१ र श्रेष्ठले १८ मत प्राप्त गरेका थिए। राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्यसचिव केशवकुमार विष्ट भने सचिव पदमा पराजित भएका छन्। विष्टले १७ मत ल्याएका थिए।

नेपाल ओलम्पिक कमिटीका सात सदस्यमा गोपालसुन्दर लाल कक्षपति (२६), दीर्घबहादुर केसी (२६),रमेशप्रसाद शिवाकोटी (२६), प्रकाशशम्सेर राणा (२६), होमबहादुर दोङ (२५), टासी घले (२४) र राम अवाले (२०) निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.