|

ताप्लेजुङ : ताप्लेजुङको घुन्सामा संरक्षणको क्षेत्रमा काम गर्ने स्वदेशी र विदेशी २४ जना संरक्षणर्मी हेलिकोप्टर दुर्घटनामा परी निधन भएको १३ वर्ष पूरा भएको छ। दुर्घटनामा निधन भएकाहरुको योगदानको स्मरण गर्दै आज राष्ट्रिय संरक्षण दिवस मनाइँदै छ। 

२०६३ असोज ७ मा भएको दुर्घटनामा निधन भएकाहरूको स्मरण गर्दै असोज ७ लाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ। दिवसको अवसरमा ताप्लेजुङमा वातावरण संरक्षण तथा विकास मञ्चको आयोजनामा स्मृति पार्कमा माल्यार्पण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।

श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा तत्कालीन वन तथा भू–सरक्षण राज्यमन्त्री गोपाल राईसहित २४ जनाको निधन भएको थियो। दुर्घटनामा भूगोलविद् डा. हर्क गुरुङ, मन्त्री राईकी श्रीमती मीना राई, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा. दामोदारप्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्रप्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजयकुमार श्रेष्ठलगायत संरक्षण क्षेत्रका दिग्गज स्वदेशी तथा विदेशी संरक्षणकर्मीको निधन भएको थियो।

विश्वमै पहिलो पटक वन जंगलको संरक्षण तथा व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने बेला घुन्साको फलेस्थित धुन्चे पहाडमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.