|
फाइल फोटो

कञ्चनपुर : दशैं तिहारलगायतका चाड पर्वलाई शान्तिपूर्ण तरिकाले मनाउनका लागि कञ्चनपुरमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ।

अवान्छित क्रियाकलाप हुन सक्ने सम्भावित स्थानहरूको पहिचान गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीले सादा र पोशाकमा गस्तीको कार्यलाई तिव्रता दिएका छन्।
बस पार्क, भीमदत्त नगर बजार क्षेत्र, ब्रम्हदेव, झलारी, दैजी, गुलरीया, बेलौरी पुर्नवास लगायतका क्षेत्रमा दुवै प्रहरीले निगरानी बढाएका हुन्। गाउँ गाउँसम्म प्रहरीको गस्ती टोलीलाई प्रभावकारी रुपमा परिचालन गरिएको छ।

भारत आउने यात्रुको सुरक्षाका लागि भारतीय सीमा सुरक्षा बल सँग समन्वय गरी सीमा क्षेत्रमा हुन सक्ने अवांच्छित क्रियाकलाप रोक्नका लागि संयुक्त गस्ती र चेकजाँचको कार्यलाई अगाडि बढाइएको सशस्त्र प्रहरी नेपाल ३५ नम्बर गण शैलेश्वरी झलारीका सशस्त्र प्रहरी उपरीक्षक विरबहादुर शाहले बताए। 

ठाउँ ठाउँमा चेकप्वाइन्ट राखेर चेकजाँच गर्ने कार्य समेत भइरहेको उनले बताए। सीमा क्षेत्रमा प्रहरीलाई सर्तक अवस्थामा राखिएको छ। यसैबीच, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको बैठकले असोज २० र २२ गते (नवमी र दशैंका दिन) ४८ घण्टाका लागि मदिरा बेचविखन सेवनमा रोक लगाउने निर्णय समेत गरेको छ।

मदिराजन्य पदार्थले समाजमा अशान्ति हुने र आपराधिक क्रियाकलापमा बृद्धि हुन सक्ने भएकाले रोक लगाउने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.