|

ओखलढुगा : ओखलढुंगाको मानभञ्ज्याङमा ब्याकुल माइला गोल्डकप सुरु भएको छ। राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको सम्मानमा सञ्चालन हुँदै आएको व्याकुल माइला गोल्ड कपको आठौं संस्करण सुरु भएको हो।

‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नाराका साथ आगामी कात्तिक ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिता व्याकुल माइलाको जन्मथलो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेको सोक्माटारस्थित दूधकोसी किनारमा व्याकुल भइरहेको छ।

खेलमाको पुरुषतर्फ ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली, सुनसरी, काठमाडौं र ललितपुरका २६ टिम र महिलातर्फ ८ टिमको सहभागीता रहेको गोल्डकप आयोजकल जनाएको छ। व्याकुल माइला जन्मिएको ठाउँलाई चिनाउँदै विकास गर्नका लागि गोल्डकप मूल समारोह समितिले नयाँ नेपाल सरोकार समाज हिलेपानी र हिलेपानी फुटबलव क्लबसँगको सहकार्यमा प्रतियोगीता आयोजना गरेको आउयोजक समितिका कोषाध्यक्ष नवीनकुमार राईले बताए।

ओखलढुंगाको प्रतिष्ठित र सर्वाधिक राशिको फुटबल प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद १ लाख ५० हजार, दोश्रो हुने टिमले ८० हजार र सेमिफाइनलिस्ट टिमले नगद १५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। यस्तै, अनुशासित टिम, बेस्ट प्लेयर, हाइ स्कोरर र बेस्ट किपरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.