|

काठमाडौं : भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा, कपिलवस्तुका खरिदारद्वय सूर्यप्रसाद मिश्र र दुर्गा प्रसाद चौधरी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। 

जग्गाको मोही नामसारी गर्ने भन्दै उनीहरुले सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले दुवैलाई बुधबार सेवाग्राहीसँग लिइसकेको ६ हजार घुससहित कार्यालय परिसरबाटै पक्राउ गरेको हो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.